gopal bhatta

धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षमा कैलालीका डा. गोपालप्रसाद भट्ट

सरकारले नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षमा कैलालीका डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । गत वैशाखमा सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि अध्यक्ष पद रिक्त थियो ।

नेपाल राष्ट्र बैंकको ३० वर्ष काम गरेका भट्ट अर्थशास्त्री तथा वित्तिय विश्लेषकको रुपमा परिचित छन् । उनीसँग राष्ट्र बैंकमा विशेष श्रेणीका कार्यकारी निर्देशक सम्मको पदमा काम गरेको अनुभव रहेको छ । व्यापार प्रशासन शास्त्रमा स्नातकोत्तर भट्टले त्रिभुवन विश्वविद्यालयबाट नेपालमा धितोपत्र बजार प्रभावकारिता विषयमा विद्यावारिधि उपाधि हासिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *