नेपइनबिज संवाददाता
१२फागुन २०८१
नेपाली बजारमा अण्डाको मूल्य बढेको छ । सोमबारदेखि लागू हुने अण्डाको मूल्य बढेको हो । नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार किसान सहितको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।
मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को तीन सय नब्बे, ठूलो अण्डा रु चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य चार सय २५ रुपैया पुगेको छ । यसअघि मध्यम अण्डा प्रतिक्रेट रु तीन सय ५०, ठूलो अण्डा रु तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रुपैया रहेको थियो । यो फार्म मूल्य हो ।
बजारमा अण्डाको माग बढेको र लागतसमेत बढी रहेकाले मूल्य बढाउनुपरेको अध्यक्ष पोखरेलको भनाइ छ ।
