नेपइनबिज संवाददाता
काठमाडौं, ३ चैत्र २०८१
‘सगरमाथा संवाद’ मा विश्वका ३ सय ५) जना भन्दा बढीलाई निमन्त्रणा गरिने भएको छ । सगरमाथा संवाद ुआयोजना गरिने निर्धारित समय भन्दा करिव दुई महिना बढीको समय बाँकी रहँदा सरकारले सगरमाथा संवादबारे जानकारी गराएको हो । सरकारले आगामी वर्ष २०८२ को जेठ २देखि ४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने घोषणा गरेको हो ।
परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले सगरमाथा संवादमा विभिन्न ३ सय ५) भन्दा बढीलाई निमन्त्रणा पठाइने र धेरै देशका सरकार प्रमुखहरुलाई पनि निम्तो पठाइने बताए । सरकारले निम्तो पठाइएकामध्ये डेढ सय भन्दा बढी देशका राष्ट्र प्रमुखहरु सहभागी हुने अपेक्षा गरेको बताए ।
निम्तो दिनका लागि विदेशस्थित नेपाली दुतावास र नेपालमा रहेका सम्बन्धित मुलुकका दुतावासलाई प्रयोग गरिएको उनले बताए ।उनले भने, ‘साढे ३ सय जनाको हाम्रो आँकलन छ । नेपाली र विदेशीहरु गरेर । १५०देखि १७५ जनासम्मले उपस्थिति जनाउने विश्वास छ ।’
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सगरमाथा संवादलाई सरकारले उच्च महत्वका साथ अघि बढाएको बताए । उनले हिमालको मुद्दाको नेतृत्व नेपालले लिनेगरी सगरमाथा संवादलाई अघि बढाएको बताए । जलवायु परिर्वतनबाट भएको हानी तथा नोक्शानीबारे नेपालले अन्तराष्ट्रिय मन्चहरुमा आवाज उठाइरहेको तथा यसबाट बच्ने उपायबारे ध्यानाकर्षण समेत गराउँदै आएको उनले बताए । वातावरण विनाशको क्षयिकरण नेपालले भोगिरहेको भन्दै उनले यस वर्षको सगरमाथा संवादमा जलवायु परिवर्तनको मुद्दा राखिएको बताए । संवाद कार्यक्रमको मुद्दा भविष्यमा आवश्यकता अनुसार परिवर्तन गर्दै लैजाने उल्लेख गरे ।
उनले भने, ‘यो वास्तवमा हामीले नेतृत्व गर्नै खोजेको हो । लस एण्ड ड्यामेज र आफ्नो अधिकार जुन हामीले वातावरण विनाशको क्षयिकरण भोगिरहेका छौँ, यसबाट बच्नका लागि अन्तर्राष्ट्रिय मञ्चमा भनेका छौँ । नीति तथा कार्यक्रममा पनि फोकसका साथ यसलाई अगाडि बढाउनेछौँ । हामी बढी प्रभावित भएको हुनाले यो एजेण्डा हामीले समातेर अघि बढ्नुपर्छ । यस वर्ष हामीले जलवायु परिवर्तलाइ मुद्दा बनाएका हौं । आगामी वर्ष अर्को थिममा जानेछौं ।’
सगरमाथा संवादको पहिलो दिन हिमनदी संरक्षणका विषयमा तत्काल गर्नुपर्ने कामबारे छलफल हुनेछ । पहिलो दिन नै टापुहरूलाई उच्च पहाडी क्षेत्रसँग जोड्नेबारे संवाद हुनेछ । खाद्य सुरक्षा तथा कृषि पुनरोत्थान, पहाडी क्षेत्रमा समुदायद्वारा प्रवद्र्धन गरिने क्रियाकलापबारे पनि छलफल गरिनेछ । संवादको दोस्रो दिन जलवायुजन्य प्रकोपः जोखिम न्युनिकरण र पुनरोत्थानबारे छलफल हुनेछ । हिमालको जोखिमका लागि भएका अनुगमन र यसको उपलब्धि, हिमालमा भएका क्षतिलाई न्युनिकरण गर्दा भएका प्रयासबारे छलफल हुने बताइएको छ । संवादको तेस्रो दिन संवादमा सहभागी हुने अतिथिहश्रलाइ माउन्टेन फ्लाइटबाट सगरमाथा क्षेत्र अवलोकन गर्न लगिने कार्यक्रम रहेको समेत अर्यालले जानकारी दिए ।
