नेपइनबिज संवाददाता,काठमाडौं
स्थानीय बजारमा आज सुनको मूल्य तोलाको एक लाख ७० हजार कायम भएको छ ।बिहीबार प्रतितोला एक लाख ७१ हजार रुपैयामा खरिदबिक्री भएको सुन आज एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी, चाँदीको मूल्य पाँच रुपैयाले घटेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ९० रुपैयामा किनबेच हुनेछ ।
आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
