नेपइनबिज संवाददाता
काठमाडौं,१५फागुन २०८१
युवाहरु माझ चर्चित भारतकी सामाजिक संजाल सेन्सेसन प्राजक्ता कोलीले नेपाली विवाहित महिलाहरुले लगाउने तिलहरीलाइ एकाएक चर्चामा ल्याइदिन । फेब्रुअरी २५मा नेपाली युवा व्रिशांख खनालसँग विवाह बन्धनमा बाँधिएर नेपालकी बुहारी बनेकी प्राजक्ताले आफ्नो रिसेप्सन पार्टीमा नेपाली दुलहीको पहिरनमा तिलहरी समेत लगाएर देखिएपछि तिलहरीको चर्चा तातेको छ ।
तिलहरीले प्राजक्ताको लुक्सलाइ आकर्षक बनाएको सामाजिक संजालमा प्रतिक्रियाहरु आइरहेका छन् । कन्टेन्ट क्रिएटर्सहरुले तिलहरिकै चर्चामा कन्टेन्ट बनाइरहेका छन् । हरियो पोतेमा छडके तिलहरी र नौगेडीमा देखिएकी प्राजक्ताको इन्स्टाग्राममा ८७ लाख, युट्युबमा बहत्तर लाख, फेसबुकमा एकलाख बढी फलोअर्स रहेका छन् ।



