WhatsApp Image 2025-02-06 at 7.27.14 AM

नेपाल र भारतका कलाकारहरु संयुक्त प्रस्तुति सहितको नेपाल भारत रंग महोत्सव शुरु काठमाडौंमा शुरु भएको छ। काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरमा बुधबारदेखि शुरु भएको रंग महोत्सवमा नेपाल र भारतका तीन तीन वटा नाटक प्रस्तुत हुँदैछन् । पहिलो तीन दिन नेपालका कलाकारहरुको तर्फको तथा अन्तिम तिन दिन भारतको नेशनल स्कुल अफ ड्रामाका कलाकारहरुको नाटक प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
पहिलो दिन वरिष्ठ नाट्य कलाकार तथा निर्देशक सुनिल पोखरेलको ‘गच्छामी’ नाटकको मन्चन गरिएको थियो । त्यसैगरि दोश्रो दिन विहिबार निर्देशक दीया मास्केको ‘कथा कस्तुरी’, आइतबार निर्देशक नम्रता केसीको ‘जून परीकथा मात्र होइन’ प्रस्तुत हुँदैछ ।
त्यसैगरी सोमबार एनएसडीका निर्देशक अजय कुमारको ‘माइ री मै कासे कहुँ’ , निर्देशक राजेश सिंहको ‘बाबुजी’ र निर्देशक चित्तरंजन त्रिपाठीको ‘ताजमहलका टेंडर’ प्रस्तुत हुने कार्यक्रम रहेको नेपाल स्थित भारतीय दूतावासले जनाएको छ ।
नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानको आयोजना तथा बीपी कोइराला भारत नेपाल फाउण्डेसनको सहयोगमा आयोजित छ दिने महोत्सवले दुइ मुलुकबीचको जनजनबीचको सम्बन्धलाइ कला संस्कृतिको माध्यमबाट मजबुत बनाउन सहयोग पुरयाउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *