chandra dhakal

३० औं क्यान इन्फोटेकको उदघाटन समारोहलाइ सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल । तस्वीर साभारः एफएनसीसीआइ फेसबुक

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकासलाई राजनीति र धर्म भन्दा माथि राखेर हेर्न आवश्यक रहेको बताएका छन् । बिहीवार काठमाडौंमा शुरु भएको सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालका सम्पूर्ण राजनीति दल तथा सर्वसाधारणमा यस्तो आग्रह गरे ।
उनले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दुःखद् भएको बताए । पाथीभरा केबलकार निर्माणमा आएको अवरोध तर्फ इगिंत गर्दै उनले विकासकालागि भन्दा पनि पपुलिजमको लागि यो विरोध गर्न खोजिएको बताए । उनले भने, ‘अहिले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर आम नागरिकलाई मेनुपुलेट गरेर गर्ने काम भएको बताए । विकास निर्माणको हिसाबमा धर्मको नाममा नकारात्मक हिसावको प्रचार नगरौं । पाथीभरामा जुन विरोध भइरहेको छ । यो केवलकार ट्रान्सपोर्टेसन मात्रै हो । केबलकारले धर्म नाश गर्छ भनेर गलत प्रचार गरिएको छ । केवलकारले सबै धर्मको प्रवद्र्धन गर्छ ।’

वैदेशिक रोजगारबाट नेपालमा नै अवसर खोजेर काम गर्ने र लाखौं नेपालीहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई कम गर्न भनेर विगत ३५ वर्षदेखि सक्रिय भएर काम गरिरहेको उल्लेख गर्दै पछिल्लो समय पाथीभरा केवलकारको विषयलाई लिएर सामाजिक सञ्जालमा चन्द्रप्रसाद ढकाल नेपालको दलाल वा नेपालमा राख्न नहुने मान्छेको रुपमा प्रचार गरिनु खेदजनक रहेको बताए । उनले नेपाल रोजगारी दिने,अवसर खोज्ने,वैदेशिक रोजगारीमा जान रोक्ने विषयलाई प्राथमिकता दिन नसके भविष्यमा पछुताउनु पर्ने अवस्था आउने समेत उल्लेख गरे ।
नेपाल सरकारले नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि पछिल्लो समय कानूनहरुमा गरेको संशोधनको प्रशंसा गर्दै ढकालले भने, ‘नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृत गरी नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, शाखा खोल्न, कारोबार गर्न र त्यहाँको आम्दानी नेपाल भित्रयाउन पाउने कानुनी व्यवस्थाले नेपाली आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्षम बनाउने र वैदेशिक मुद्रा आर्जनमा वृद्धि गर्ने छ । आइटी क्षेत्रले छोटो समयमा गरेको उपलब्धि बारे बताउँदै उनले भने, ‘यो क्षेत्रले कल््पना गरेको भन्दा पनि बढी उपलब्धी हासिल गर्नसक्छ ।
उनले सूचना प्रविधि क्षेत्रको विकासकालागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । उनले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिनेमा जोड दिए । विश्वव्यापी बजार भएको आईटी क्षेत्रबाट खर्बौं रुपैया बराबरको सेवा निर्यात गर्न सकिने तथा लाखौं मानिसलाई रोजगारी दिनसकिने संभावना रहेको भन्दै ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसंग आग्रह गरे । —(यो समाचार न्युज एजेन्सी नेपालबाट लिएर संपादन गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *