नेपइनबिज संवाददाता,काठमाडौं
२७माघ २०८१
भारतको केन्द्रिय बैंक, आरबीआईले शुक्रवार रेपो दर २५ आधार बिन्दुले घटाएर ६ दशमलब २५ प्रतिशतमा पु¥याएको छ । रेपो दर भनेको कोषको अभाव भएको अवस्थामा केन्द्रिय बैंकले वाणिज्य बैंकहरूलाई पैसा दिने दर हो । भारतीय अर्थतन्त्रमा आएको चौतर्फी आवाज उठिरहेको र आर्थिक सुचकांकहरुले पनि त्यो संकेत गरिरहेको हुँदा अर्थतन्त्रलाई बढावा दिन यो कदम चालिएको विश्लेषण गरिएको छ ।
आरबीआई मौद्रिक नीति समितिले अन्तिम पटक मे २०२० मा ४० आधार विन्दूले रेपो दर घटाएको थियो । त्यतिबेला ब्याज दर ४ प्रतिशत पुगेको थियो । तर बढदो महंगाइलाइ नियन्त्रण गर्ने भनेर आरबीआईले तीन वर्ष अघि कम समयको अन्तरालमा २५–२५ आधार अंकले तीन पटक रेपो दर बढाएको थियो ।
रेपो दर उच्च हुँदा बैकबाट कर्जा लिएका जनतामा त्यसको प्रभाव परिरहेको थियो । घर,गाडी तथा रोजगारकालागि कर्जा लिएकाहरुले बढि ब्याज तिर्नुपरिरहेको थियो । त्यसैले पनि रेपो रेट घटाउनुपर्ने माँग उठिरहेको थियो । आगामी आर्थिक वर्षमा मुद्रास्फिति ४ प्रतिशतमा रहने प्रक्षेपण गरिएको छ र यसलाइ चार प्रतिशतमा सीमीत राख्ने प्रयास आरबीआईको रहेको छ ।
