dharchula project1

नेपइनबिज संवाददाता, काठमाडौं

२७माघ २०८१

भारत सरकारको वित्तिय सहयोगमा निर्माण गरिएको ईयरकोट स्वास्थ्य चौकी भवनको शनिबार उदघाटन गरिएको छ । दार्चुलाको नौगाड गाउँपालिकामा निर्माण गरिएको स्वास्थ्य चौकीको गाउँपालिकाका अध्यक्ष दलजीत सिंह धामी र भारतीय दूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरे ।

भारत सरकारको ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत २५.३६ मिलियन रुपैयाँ अर्थात दुइ करोड ५३ लाख ६० हजार रुपैयाको अनुदान सहयोगमा स्वास्थ्य चौकी निर्माण भएको हो । यो परियोजनालाइ भारत सरकारको उच्च प्रभावकारी सामुदायिक विकास परियोजना High Impact Community Development Project-HICDPको रूपमा अघि बढाइएको थियो र यसको कार्यान्वयन नौगाड गाउँपालिका, दार्चुला मार्फत गरिएको थियो।

स्वास्थ्य चौकी भवन निर्माणले सुदूर पश्चिमको स्वास्थ्य सेवा प्रवाहमा सुधार गर्दै टाढा दुर्गम क्षेत्रमा बसोबास गरेका व्यक्तिहरु लगायत समग्र स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुरयाउने विश्वास स्थानीयहरुले व्यक्त गरेका छन् । यो परियोजनाबाट १५हजार बढी जनता लाभान्वित हुने अपेक्षा गरिएको छ ।

यस्ता परियोजनाहरुको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विस्तार गरेर आफ्ना जनताको उत्थान गर्ने नेपाल सरकारको प्रयासलाई बलियो बनाउन भारत सरकारले निरन्तर सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *