WhatsApp Image 2026-06-20 at 6.00.42 PM (1)


नेपइनबिज
“एक वडा, एक कृषि उत्पादन” अवधारणालाई मध्यनजर गर्दै पाल्पा क्षेत्र नं १ मा किसानहरूको खेतबारीको निःशुल्क माटो परीक्षण अभियान सुरु गरिएको छ । यस क्षेत्रका प्रतिनिधि सभा सांसद सन्दीप रानाले “मेरो सांसद मेरो अधिकार” परियोजना अन्तर्गत कृषि उत्पादनको गुणस्तर तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले यो अभियान शुरु गराएका हुन ।

पहिलो चरणमा क्षेत्र नं एकमा निशुल्क माटो परिक्षण शिविर संचालन गरिएको थियो । जसमा सहभागी कृषकहरुका खेतवारीको का खेतबारीको माटोको अवस्था, आवश्यक पोषक तत्व तथा मल व्यवस्थापन सम्बन्धी परीक्षण गरेर उनीहरुलाइ माटो स्वास्थ्य कार्ड समेत प्रदान गरिएको थियो ।

अभियानको शुभारम्भ गर्दै सांसद रानाले माटो परीक्षणका आधारमा कृषि उत्पादनलाई थप प्रभावकारी, लागत मैत्री र दिगो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । यसै अभियानलाइ बिस्तार गर्दै पाल्पा जिल्लाका सबै स्थानीय तहमा चरणबद्ध रूपमा निःशुल्क माटो परीक्षण शिविर सञ्चालन गरिने रानाले बताए । यसबाट जिल्लाभरका किसानहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

६असार२०८३, २०, २०जुन२०२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *