chitralekha yadav

अस्ट्रेलियाका लागि नेपाली राजदूतले चित्रलेखा यादवले अस्ट्रेलियाका गभर्नर–जनरल,साम मोस्टिन एसीलाई आफ्नो ओहदाको प्रमाणपत्र (ीभततभचक या ऋचभमभलअभ) प्रस्तुत गर्दै । फोटोः नेपाली दूतावास, अष्ट्रेलिया


नेपइनबिज संवाददाता

अस्ट्रेलियाका लागि नेपाली राजदूतले चित्रलेखा यादवले अस्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिन एसीलाई आफ्नो ओहदाको प्रमाणपत्र (Letters of Credence) पेश गरेकी छन् । विहिबार क्यानबेरास्थित गभर्नमेन्ट हाउसमा आयोजित विशेष समारोहका बीच ओहोदाको प्रमाणपत्र पेश गरेकी हुन । सो समारोहमा राजदूत यादवलाई गार्ड अफ अनर प्रदान गरिएको थियो ।

प्रमाणपत्र पेश गरेसँगै राजदूत यादवले गभर्नर–जनरलसँग शिष्टाचार भेटवार्ता गरिन । उक्त अवसरमा उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट एसीलाई हार्दिक शुभकामना तथा सफल कार्यकालका लागि शुुभेच्छा व्यक्त गर्दै राष्ट्रपतिको तर्फबाट नेपाल भ्रमणको लागि निमन्त्रणा दिइन । भेटवार्ताको क्रममा नेपाल र अस्ट्रेलियाबीच आपसी समझदारी, विश्वास र सहयोगमा स्थापित द्विपक्षीय सम्बन्धका विविध पक्षहरूबारे छलफल गरिएको अष्ट्रेलिया स्थित नेपाली दूतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राजदूत यादवलाई बधाई दिँदै गभर्नर–जनरल एसीले उनको कार्यकालको सफलताकोलागि शुभकामना दिइन ।
समारोहमा अस्ट्रेलियाली सरकारका विदेश मन्त्रालयका प्रतिनिधि, अफिसियल सेक्रेटरी, प्रोटोकल प्रमुख, अन्य उच्च अधिकारीहरू, तथा राजदूत यादवका श्रीमान श्रीकृष्ण यादव र नेपाली दूतावासका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
समारोहपछि, राजदूत यादव र उनका श्रीमान गभर्नर–जनरलद्वारा आयोजित दिवाभोजमा सहभागी भए ।

अष्ट्रेलिया र नेपालबीच सन् १९६० देखि कुटनीतिक सम्बन्ध स्थापित भएको हो । अष्ट्रेलियाले सन् १९८४ मा नेपालमा आफ्नो दूतावास स्थापना गरेको थियो भने १९८६ मा राजदूत स्तरमा उन्नति गरेको थियो । नेपालले भने सन् २००७मा अष्ट्रेलियामा दूतावास स्थापना गरेको हो । नेपालीहरुको अष्ट्रेलिया बसाइको क्रम १९६० देखि नै शुरु भएपनि सन् २००६ पछि उल्लेख्य संख्यामा नेपालीहरु अष्ट्रेलिया बस्न थालेका हुन । पछिल्लो तथ्याँक अनुसार अष्ट्रेलियामा १लाख ५१ हजार बढि नेपालीहरु बसोबास गर्दै आएका छन् ।

अष्ट्रेलियाले नेपालको स्वास्थ्य, शिक्षा,कृषि, सुशासन जस्ता क्षेत्रमा विकास सहायता उपलब्ध गराउँदै आएको छ । अष्ट्रेलियाले नेपाललाइ दिने अनुदानमा गरिबी निवारणकालागि माइक्रो इन्टरप्राइज डेभलपमेन्ट कार्यक्रम समावेश छ । त्यसैगरि नेपालको संघीयता एजेण्डा, जलवायु लचिलोपन र विपद् पूर्व तयारीकालागि पनि अष्ट्रेलियाले समर्थन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *