kp oli

तस्वीर: प्रधानमन्त्रीको सचिवालय

नेपइनबिज संवाददाता,काठमाडौं
२९माघ२०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरु पुनःसञ्चालन गर्न सरकार पीपीपी मोडलमा जान तयार रहेको बताएका छन् । सिंहदरबारमा मंगलवार उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेको बताए । उनले सरकार निजी क्षेत्रलाई महत्वका साथ अगाडि बढाउन, सहुलियत दिन तयार रहेको उल्लेख गरे । उनले व्यापार सम्बन्धी, उद्योग सम्बन्धी कानून सञ्चालन गर्नेहरुलाई आवश्यक रहेको भन्द उनीहरुको समस्या समाधान गर्नेगरी कानून बनाइने बताए ।

बैठकलाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘रुग्ण उद्योगहरु पुनःसञ्चालन गर्न सरकार पीपीपी मोडलमा जान तयार छ । निजी क्षेत्रलाई महत्वका साथ अगाडि बढाउन, सहुलियत दिन तयार छ । कानूनी प्रश्नमा मैले अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि भनेको थिएँ । उद्योग सम्बन्धी कानून मलाई चाहिएको होइन । उद्यमीहरुलाई चाहिने हो । व्यापार सम्बन्धी कानून मलाई चाहिने होइन, किनभने म त व्यापार गर्दिन नि । जसले ति काम गरिरहेको छ, तिनलाई चाहियो ।’
प्रधानमन्त्री ओलीले सरोकारवालाहरुसँग छलफल गरेर सरोकारवालाहरुका पीर मर्का र व्यवधान हट्ने गरी कानून बनाइने समेत उल्लेख गरे ।—यो समाचार न्युज एजेन्सी नेपालबाट लिएर सम्पादन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *