nepali sena press meet

पत्रकार सम्मेलन काठमाडौँ, ११ फागुनः नेपाली सेनाद्वारा आइतबार काठमाडौँमा गत साउनदेखि हालसम्मको कार्यप्रगतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सहभागीहरू । तस्बिरः रासस


आयोजनाको भौतिक प्रगति ३८ र वित्तीय प्रगति ३९ प्रतिशत

नेपइनबिज संवाददाता,११ फागुन २०८१

नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको काठमाडौँ–तराई मधेस द्रुतमार्गका भौतिक प्रगति ३८दशमलब २६ र वित्तीय प्रगति ३९ दशमलब ८४ प्रतिशत पुगेको छ । नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कुल ७९दशमलब ७७ किमी दूरीको उक्त आयोजना अन्तर्गत रहेका सात सुरुङमध्ये दुईवटा ‘ब्रेक थ्रु’ भइसकेका र दुईवटा निर्माणाधीन रहेका जानकारी दिइयो ।

अन्य तीनवटा सुरुङको डिजाइन तथा पूर्वतयारीका कार्य भइरहेको आयोजना प्रमुख कमलविक्रम शाहले जानकार दिए । विभिन्न कारणले उक्त आयोजनाको भौतिक प्रगति अपेक्षाअनुसार नभए पनि लक्ष्यअनुसार कार्य सम्पन्न गर्न कोसिस भइरहेको उनले बताए ।

आयोजनाको प्रस्थान विन्दु खोकनामा जग्गा प्राप्तिसम्बन्धी विवाद अझै टुङ्गिसकेको छैन । राजधानीबाट तराई जोड्ने छोटो दूरीको उक्त आयोजना सम्पन्न भएपछि तराईबाट काठमाडौँ ल्याउन सामानको ढुवानी लागत घट्ने मात्र नभई मुलुकको समग्र आर्थिक विकासमा कायापलट हुने अपेक्षासहित आयोजना प्रारम्भ गरिएको हो । उक्त आयोजना नेपाली सेनाले आगामी २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको प्रमुख शाहले बताए ।

यसैबीच मुलुकमा सुरक्षा, रक्षा तथा प्रतिरक्षासम्बन्धी विषयमा अध्ययन गराउने उद्देश्यका साथ निर्माण सुरु गरिएको प्रतिरक्षा विश्वविद्यालयको हालसम्मको भौतिक प्रगति ३९दशमलब ५२ र वितीय प्रगति २५दशमलब ७५ प्रतिशत रहेको सो अवसरमा जानकारी दिइयो ।–––रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *